२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशनमा नयाँ केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले बुधबार दिउँसो सार्वजनिक गरेको उम्मेदवारहरूको प्रारम्भिक सूचीमा सो सङ्ख्या उल्लेख गरिएको हो। रास्वपाको विधानअनुसार यी उम्मेदवारहरू मध्येबाट केन्द्रीय समितिमा ९९ जना मात्र निर्वाचित हुनेछन्।
उम्मेदवारहरूको सङ्ख्या अत्यधिक भएपछि निर्वाचन प्रक्रियामार्फत योग्य ९९ जनालाई छनोट गर्ने रास्वपाको तयारी छ। अहिले महाधिवेशनस्थलमा उम्मेदवारहरूको दाबी-विरोध र छानबिनको काम सकिएलत्तै मतदान प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij