२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ।
कार्यतालिकामा गत जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै, नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेसम्म सम्पन्न गरिने कांग्रेसले जनाएको छ।
विशेष महाधिवेशनपछि पार्टीको सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने अभियानअन्तर्गत कांग्रेसले अनलाइन प्रणालीमार्फत सदस्यता अद्यावधिकको प्रक्रिया अघि बढाइरहेको छ। पार्टी नेतृत्वले क्रियाशील सदस्यताको तथ्यांकलाई पारदर्शी, विश्वसनीय र अद्यावधिक बनाउने उद्देश्यका साथ यो प्रक्रिया सञ्चालन गरिएको जनाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij