२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेले सरकार एमाले केन्द्रित भइ पूर्वाग्रहपूर्ण ढंगले प्रश्तुत भएको निष्कर्ष निकालेको छ । मंगलवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपमहासचिव लेखराज भट्टले बताएका छन् ।
उनका अनुसार सरकार एमालेलाई केन्द्रित गरेर पूर्वाग्रहपूर्ण ढंगले प्रश्ततु भएको छ । सरकारका यि गतिविधिहरु उचित होइनन् । उनले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी गैरकानूनी र प्रतिशोधमूलक एवं पूर्वाग्रही भएको एमालेले निष्कर्ष निकालेको बताएका छन् ।
पार्टीको एक कार्यक्रममा सुर्खेतमा रहेका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी सार्वजनिक सवारीमार्फत काठमाडौं ल्याइएको थियो । जुन निकायको नामबाट गिरफ्तारी गरिएको हो, त्यसको कार्यक्षेत्रभित्र यो विषय नपर्ने पनि एमालेले बताएको छ । यस प्रकाकार सरकारका गतिविधि तत्काल बन्द गर्न र पार्टी उपाध्यक्ष पौडेललाई बिना शर्त रिहाइ गर्न माग गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij