२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घटेको छ।
योसँगै प्रतितोला आज सुन २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८७ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ४८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij