Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपाको मतदान सुरु गर्न ‘दिनभर लाग्ने’, ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

रास्वपाको मतदान सुरु गर्न ‘दिनभर लाग्ने’, ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयार


  • 834
    Shares

    रास्वपाको मतदान सुरु गर्न ‘दिनभर लाग्ने’, ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयार
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान सुरु गर्न समय लाग्ने भएको छ।

    चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत ९९ सय केन्द्रीय सदस्य पदका लागि आज निर्वाचन गरिँदै छ।  यसका लागि चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा अपराह्नपछि मात्र प्रक्रिया अघि बढ्ने देखिएको छ।

    रास्वपा निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भनिए पनि अहिलेसम्म सबै  प्रतिनिधिको नाम इन्ट्री भइसकेको छैन।

    ९९ सदस्य पदका लागि चार सय जनाभन्दा बढीको उम्मेदवारी परेकाले दाबी-विरोध, उम्मेदवारी फिर्तालगायतका लागि समय लाग्ने उनले बताए। उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि मात्र मतदान अघि बढ्नेछ। 

    ‘उम्मेदवारको प्रारम्भिक सूची निकालेपछि त्यसउपर दाबी-विरोधको सूचना निकाल्छौँ’, सापकोटाले बुधबार बिहान  भने, ‘त्यसपछि फेरि उम्मेदवारको अन्तिम नामावली निकालेर मतदान प्रक्रिया सुरु गर्नुपर्छ, जुन गर्न कम्तीमा दिनभरि लाग्छ। बेलुका नभई मतदान अघि बढ्दैन।’

    images
    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १०:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij