Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

क्रियाशील सदस्यता डिजिटल माध्यमबाट अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: गगन थापा

क्रियाशील सदस्यता डिजिटल माध्यमबाट अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: गगन थापा


  • 904
    Shares

    क्रियाशील सदस्यता डिजिटल माध्यमबाट अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: गगन थापा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता डिजिटल माध्यमबाट अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा मान्यता नदिने स्पष्ट पारेका छन्। मंगलबार झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्राविधिक रूपमा अद्यावधिक नभएका व्यक्तिहरूलाई नयाँ डिजिटल प्रणालीले नै पार्टी सदस्यका रूपमा स्वीकार नगर्ने बताएका हुन्।

    सिस्टमले नै चिन्दैन पार्टीभित्रको प्राविधिक रूपान्तरणबारे प्रष्ट पार्दै सभापति थापाले भने, ‘अद्यावधिक नभएको कोही पनि साथीलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यका रूपमा चिन्दैन । अब मैले के गर्ने ? मैले व्यक्तिगत रूपमा चिन्छु, जय नेपाल भन्छु तर अब सिस्टमले नै चिन्दैन, भोट हाल्ने बेला नाम वडामा आउँदैन ।’ 

    थापाका अनुसार कांग्रेसले आफ्नो सदस्यता व्यवस्थापन, निर्वाचन प्रक्रिया र सङ्गठन सञ्चालनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाएको छ। डिजिटल रेकर्डमा समावेश नभएका सदस्यहरूको नाम आगामी वडा अधिवेशनदेखि माथिल्लो तहका कुनै पनि निर्वाचन प्रक्रियामा समावेश नहुने उनले बताए। यो व्यवस्था कसैलाई निषेध गर्न नभई पार्टीलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको उनको तर्क थियो। 

    आन्तरिक विवादको सङ्केतपार्टीले सदस्यतालाई डिजिटल प्रणालीमा ढाल्ने कडा नीति लिए पनि नेपाली कांग्रेसभित्र यसको पूर्ण पालना भने भइसकेको छैन। विशेष गरी निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका धेरै नेता तथा कार्यकर्ताहरूले अझैसम्म आफ्नो क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अद्यावधिक गराएका छैनन्। 

     

    images
    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १७:४४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij