२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्।
रास्वपाका सांसदद्वय रमेश प्रसाईं र यज्ञमणि न्यौपानले उम्मेदवारी घोषणा गरेका हुन्। आज महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै उनीहरूले उम्मेदवारी घोषणा गरेका छन्।
अधिवक्तासमेत रहेका न्यौपाने रास्वपाको अनुशासन आयोगको उपप्रमुख भएरसमेत काम गरेका थिए। प्रसाईं रास्वपाका सहप्रवक्तासमेत हुन्। रास्वपाको विधानअनुसार सहमहामन्त्रीमा पाँच जना रहने व्यवस्था छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij