Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेकपा एमाले संसदीय दलको बैठक शुरु, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने

नेकपा एमाले संसदीय दलको बैठक शुरु, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने


  • 1.0K
    Shares

    नेकपा एमाले संसदीय दलको बैठक शुरु, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने
    images

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो सुरु भएको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो ।

    अध्यक्ष केपी शर्मा ओली समेत सहभागी बैठकमा आगामी दिनमा एमालेले लिने रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।

    पार्टीको चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलनका क्रममा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण विभागको पत्रको आधारमा पक्राउ परेका पौडेललाई मङ्गलबार बिहान काठमाडौँ ल्याइएको छ । 

     

    images
    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १४:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij