Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बजेटप्रति एमालेको आपत्ति: संशोधन नभए सुदूरपश्चिम सरकार छाड्ने चेतावनी

बजेटप्रति एमालेको आपत्ति: संशोधन नभए सुदूरपश्चिम सरकार छाड्ने चेतावनी


  • 1.0K
    Shares

    बजेटप्रति एमालेको आपत्ति: संशोधन नभए सुदूरपश्चिम सरकार छाड्ने चेतावनी
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार मुख्य दल नेकपा (एमाले) ले गम्भीर आपत्ति जनाएको छ। धनगढीमा सम्पन्न एमाले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन नगरिए सरकारबाटै बाहिरिने चेतावनी दिएको हो।

    पार्टीका प्रदेश उपसचिव एवं प्रचार विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा बजेट विनियोजन गर्दा एकलौटी ढङ्गले अघि बढ्न खोजिएको उल्लेख गर्दै त्यसमा पार्टीको गम्भीर असहमति रहेको जनाइएको छ।बैठकले बजेट संशोधनका लागि आफ्नो संसदीय दललाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ। साथै, आफ्ना मागहरू पूरा नभए संयुक्त सरकारमा सहभागी भइरहन नसक्ने स्पष्ट पारेको छ।

    एमाले सुदूरपश्चिमले वर्तमान सरकारले बजेट ल्याउँदा संयुक्त सरकारको भावना, साझा नीति तथा कार्यक्रम र आपसी सहमतिलाई पूर्णतः लत्याएको निष्कर्ष समेत निकालेको छ। बजेटलाई लिएर सत्ता साझेदार दलभित्रै तीव्र विवाद उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारको भविष्यलाई लिएर राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।

    images
    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १३:४५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij