Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एमालेको आज दुईवटा महत्वपूर्ण बैठक बस्दै

एमालेको आज दुईवटा महत्वपूर्ण बैठक बस्दै


  • 834
    Shares

    एमालेको आज दुईवटा महत्वपूर्ण बैठक बस्दै
    images

    काठमाडौं । नेकपा एमालेले एकै दिन संसदीय दल र सचिवालयको बैठक बोलाएको छ । 

    सोमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन छुट्टाछुट्टै बैठक बोलाइएको हो । 

    संसदीय दलको बैठक मंगलार दिउँसो २ बजे बस्ने गरी आह्वान भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरले जानकारी दिएका छन् । बैठकमा उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे पनि कुराकानी हुने महरले बताएका छन् । 

    एमालेले आजै साँझ ६ बजे पार्टीको सचिवालय बैठक पनि बोलाएको छ । ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो । बैठकमा समसामयिक राजनीति र उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे छलफल हुने भएको छ ।  

     

    images
    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - ११:१८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij