२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका बीच संस्थापक सदस्यहरू स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज भएपछि पार्टी स्थापनाकालदेखि सक्रिय रहेका नेताहरूमा तीव्र असन्तुष्टि देखिएको छ ।
पार्टीको गत असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई आगामी कार्यकालका लागि स्वतः केन्द्रीय समिति सदस्य बनाउने आशयको सर्कुलर जारी गरेको थियो। तर, हालै विभिन्न पार्टी र समूहबाट समायोजन प्रक्रियामार्फत रास्वपामा भित्रिएका नेताहरूले यस व्यवस्थाको कडा विरोध गरेपछि पार्टी नेतृत्व उक्त निर्णयबाट पछि हट्न बाध्य भएको बुझिएको छ।
पार्टीका एक संस्थापक नेताका अनुसार, सचिवालयको निर्णय सच्चिएको जानकारी आएपछि स्थापनाकालका नेताहरू झस्किएका छन्। ती नेताले भने, "सचिवालय बैठकपछि संस्थापक सदस्यलाई स्वतः केन्द्रीय सदस्य बनाउने सर्कुलर आएकै हो। तर, समायोजनमा आएकाहरूले विरोध गरे भन्दै निर्णय सच्याइएको छ।"उनले अगाडि थपे, "सभापतिले ५१ जना मनोनीत गर्दा त्यसमा पार्टी स्थापनाका बेला दुःख गरेका संस्थापकहरू पनि अनिवार्य पर्नुपर्छ।"
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij