Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रतिनिधि नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्द सत्र सुरु हुन ढिलाइ

प्रतिनिधि नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्द सत्र सुरु हुन ढिलाइ


  • 1.2K
    Shares

    प्रतिनिधि नामावलीमा त्रुटि,  रास्वपा महाधिवेशनको बन्द सत्र सुरु हुन ढिलाइ
    images

    काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र निर्धारित समयभन्दा ढिलो गरी सुरु हुने भएको छ। 

    कार्यतालिका अनुसार आज बिहान साढे ८ बजे सुरु हुनुपर्ने बन्द सत्र महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटिहरू सच्याउने कार्य नसकिएका कारण ढिलो हुन पुगेको हो। रास्वपा नेता गणेश पराजुलीका अनुसार निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको ४ हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावलीमा धेरै त्रुटिहरू भेटिएका थिए। 

    ती त्रुटिहरू सच्याउने र विवरण रुजु गर्ने प्रक्रिया जारी रहेकाले समय लागेको हो। नेता पराजुलीले भने,     कार्यतालिका अनुसार केही ढिलाइ भएको हो,   विवरणहरू मिलाएर अब छिट्टै बन्द सत्र सुरु गरिँदै छ। 

    आजको बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेसहित विभिन्न पदाधिकारीहरूले महत्त्वपूर्ण प्रतिवेदनहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ:

    अनुशासन प्रतिवेदन: अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्।

    वित्तीय प्रतिवेदन: कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय विवरण पेस गर्ने कार्यतालिका छ।

    सङ्गठनात्मक प्रतिवेदन: महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

    विधान संशोधन प्रस्ताव: सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित ‘विधान संशोधन प्रस्ताव’ पेस गर्नेछन्।

    अर्थ-राजनीतिक प्रस्तावना: उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको आगामी ‘अर्थ-राजनीतिक प्रस्तावना’ सम्बन्धी प्रतिवेदन राख्नेछन्।

    उल्लेखित प्रस्ताव र प्रतिवेदनहरू बन्द सत्रबाट पारित भएपछि अन्त्यमा पार्टी सभापति रवि लामिछानेले आफ्नो विशेष राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

    images
    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - ११:५०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij