Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा महाधिवेशन निर्वाचनका लागि २२ सदस्यीय समिति घोषणा

रास्वपा महाधिवेशन निर्वाचनका लागि २२ सदस्यीय समिति घोषणा


  • 1.6K
    Shares

    रास्वपा महाधिवेशन निर्वाचनका लागि २२ सदस्यीय समिति घोषणा
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि २२ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक सांगठनिक संरचना तयार गरेको जानकारी दिएको हो ।

    पार्टीद्वारा सार्वजनिक विवरणअनुसार १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यसअन्तर्गत रहने गरी १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति-२०८३’ गठन गरिएको छ ।

    केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा। राम गुरुङ रहेका छन् ।  आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायण प्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बिपि दाहाल, सौरेन्द्र बहादुर शाह र सुदन प्रसाद ज्ञवाली रहेका छन् । 

    यसैगरी, महाधिवेशनलाई प्रत्यक्ष रूपमा सञ्चालन गर्न गठित निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा।दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्यका रूपमा चयन भएङ्का छन् । 

    समितिको कार्यसम्पादनमा सहयोग पुर्‍याउन चार जना निर्वाचन कर्मचारीहरू समेत तोकिएको छ, जसमा शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्र कुमार श्रेष्ठ र मुकेश झा रहेका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई ऐतिहासिक बनाउन र निर्वाचन प्रक्रियालाई पूर्ण लोकतान्त्रिक पद्धतिबाट सम्पन्न गर्न यो समितिले भूमिका खेल्ने उल्लेख गरेका छन् । 

    images
    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १६:१२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij