Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


  • 1.1K
    Shares

    दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

    पार्टी स्थापनादेखिका आरोह(अवरोह र कठिन संघर्षका दिनहरूलाई स्मरण गर्दै उनले कार्यकर्ताको भावना र न्यायको पक्षमा आवाज बुलन्द गर्न आफू केन्द्रीय नेतृत्वमा पुग्नुपर्ने बताएका छन् । 

    आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै सांसद बोहराले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत वैकल्पिक राजनीतिको यात्रामा सामना गरेका चुनौतीहरूको चर्चा गरेका छन् । 

    विशेषगरी पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र अप्ठ्यारो परेको बेला आफूले मैदान नछाडेको उल्लेख गर्दै उनले सभापतिको पक्षमा न्याय खोज्न देशव्यापी ४० लाख हस्ताक्षर संकलन अभियानको सफल नेतृत्व गरेको स्मरण गराएका छन् । 

    सांसद बोहराले चुनाव जितेर सत्ता र सदनमा पुग्नु मात्र ठूलो कुरा नभई जनताको विश्वास जोगाइराख्नु र नेतृत्वलाई सही बाटोमा हिँडाउनु अबको मुख्य चुनौती रहेको उल्लेख गरे । 

    images
    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १२:१०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij