२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवार हुन लाग्ने शुल्क निधारण गरिएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले शनिबार साँझ सूचना प्रकाशित गरी उम्मेदवारले तिर्नुपर्ने शुल्क र आवश्यक पर्ने समर्थकबारे जानकारी दिएका छन्। रास्वपा सभापतिको उम्मेदवार हुन ५१ हजार रुपैयाँ शुल्त तिर्नुपर्नेछ। यससँगै एक जना प्रस्तावक र ५१ जना नै समर्थक चाहिने भएको छ।
त्यस्तै, पदाधिकारीमा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ शुल्क तय गरिएको छ। पदाधिकारीको उम्मेदवारी दिँदा एक जना प्रस्तावक र २१ जना समर्थक राख्नुपर्नेछ। यसैगरी, केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ। केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा पनि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने भएको छ।
समर्थक र प्रस्तावको हस्ताक्षर बुझाउनुपर्ने नियम बनाइएको छ। रास्वपा सभापति र केन्द्रीय सदस्यका लागि असार ८ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij