२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा.सीके राउत सहभागी हुने भएका छन् ।
चितवनमा आइतबार हुने उद्घाटन सत्रमा सहभागी हुन लिङ्देन र राउतको ‘कर्ममेसन’ आएको महामन्त्री भूवदेव शाहले जानकारी दिएका छन् । मित्र राष्ट्रहरूबाट महाधिवेशनको शुभकामना आएको भए पनि सहभागिताको लागि निमन्त्रणा नगरिएको उनले बताएका छन् । असार ७, ८ र ९ गते हुने महाधिवेशनमा करिब तीन हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।
शाहका अनुसार महाधिवेशनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि सहभागी हुने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरू बाहेक राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका दलहरूलाई पनि पत्र पठाइएको उनले जानकारी दिएका छन् ।
प्रचण्डको सचिवालयले रास्वपाबाट निमन्त्रणा आएको जानकारी दिएको छ । प्रचण्डको स्वास्थ्य अवस्था पूर्ण सुधार नभइसकेकाले चिकित्सकसँग परामर्श गरेर मात्र निर्णयमा पुग्ने सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij