२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १० हजार ५ सय रुपैयाँले घटेको हो।
यससँगै आज सुन प्रतितोला सुन २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन २ लाख ९७ हजार २ रुपैयाँमा किनबेच भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij