२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को पहिलो राष्ट्रिय महाधिवेशनको तयारी अघि बढेको छ। चितवनमा हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभाहल निर्माणको काम सुरु गरिएको हो।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आउने ७, ८ र ९ गते चितवनमा हुँदैछ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।
पार्टीले यस महाधिवेशनमार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने जनाएको छ। देशभरबाट हजारौँ प्रतिनिधिहरू सहभागी हुने तयारी छ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij