Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सक्रिय राजनीतिबाट बिदा भए कृष्णबहादुर महरा

सक्रिय राजनीतिबाट बिदा भए कृष्णबहादुर महरा


  • 1.2K
    Shares

    सक्रिय राजनीतिबाट बिदा भए कृष्णबहादुर महरा
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्ण बहादुर महराले पार्टी परित्याग गरेका छन्। 

    उनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै  महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको बताएका छन् ।

    विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका महराले आफू ‘एट्रोफी’ सम्बन्धी नसा र मांसपेशीको समस्याबाट पीडित रहेको बताएका छन् । नियमित उपचार, थेरापी र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएकाले पार्टीका नियमित गतिविधि र जिम्मेवारी वहन गर्न कठिन भएको महराले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    आफ्नो यो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई विशुद्ध स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति मात्र भएको महराले प्रस्ट पारेका छन् । 

    725713849_2223886134816117_3589042768487560257_n.jpg

     

     

     

    images
    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १७:१३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij