Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

लेबी नबुझाउने सदस्य रास्वपा महाधिवेशनमा भाग लिन नपाउने

लेबी नबुझाउने सदस्य रास्वपा महाधिवेशनमा भाग लिन नपाउने


  • 1.3K
    Shares

    लेबी नबुझाउने सदस्य रास्वपा महाधिवेशनमा भाग लिन नपाउने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा लेबी नबुझाउने सदस्यहरुले भाग लिन नपाउने भएका छन् । रास्वपाको बिहीवार बसेको सचिवालय बैठकले लेबी नतिरेका सदस्यलाई महाधिवेशनमा प्रवेश गर्न नदिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

    उनकाअनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेबी अनिवार्य रूपमा तिरेको हुनुपर्नेछ । लेबी नतिरेका सदस्यलाई तत्काल बुझाउन उनले आग्रह गरेका छन् । उनकाअनुसार महाधिवेशनमा करिव २ हजार ५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । साथै, प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिएका छन् ।

    यस्तै उनले महाधिवेशनमा ३८ भन्दा बढी देशहरूबाट १ सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने बताएका छन् । महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गर्ने पनि उनले जानकारी दिएका छन् ।

    रास्वपाले महाधिवेशनमा निर्वाचन विधुतीय भोटिङमार्र्फत गर्ने भएको छ । इलेक्ट्रोनिक भोटिङ मेसिन ९इभिएम० प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले बताएका छन् । त्यसको लागी आवश्यक कोटेसन र सम्झौताको प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिएका छन् । इभिएम प्रयोग गर्दा मतदान र मतगणना कार्य करिब ६–७ घण्टामै सम्पन्न गर्न सकिने उनको भनाई छ । 

     

    images
    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १६:०५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij