२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ।
बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा आज सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँले मात्र कमी आएको छ। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ८०० रुपैयाँ तोकिएको छ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार २४० रुपैयाँ कायम गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij