Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

लिङदेनलाई आरोप लगाउँदै चम्पा अधिकारीले छाडिन् राप्रपा

लिङदेनलाई आरोप लगाउँदै चम्पा अधिकारीले छाडिन् राप्रपा


  • 1.2K
    Shares

    लिङदेनलाई आरोप लगाउँदै चम्पा अधिकारीले छाडिन् राप्रपा
    images

    काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टी परित्याग गरेकी छन् । उनले पार्टीले मूल सिद्धान्त छोडेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी अलग भएको घोषणा गरेकी हुन् । 

    बिहीबार सामाजिक सञ्जालमार्फत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै उनले राप्रपाले बोकेका मूल एजेन्डाहरू ओझेलमा परेकाले आफूले पार्टी छाड्नु परेको बताएकी छन् । 

    ‘नेपालमा बहुसंख्यक जनता सनातन हिन्दु परम्परा र ओमकार परिवारसँग आबद्ध हुँदाहुँदै पनि हामीले सडक, सदन वा सरकार—कुनै पनि तहमा ती मुद्दाहरूलाई आवश्यक दृढताका साथ उठाउन सकेनौँ। त्यसैले तपाईँ यी मुद्दा र विचारधाराको प्रभावकारी नेतृत्व गर्न असफल हुनुभएको निष्कर्षमा पुगेको छु’, अधिकारीले भनेकी छन् । 

    आफू एजेन्डा र विचारका कारण राप्रपामा जोडिएपनि अहिले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनाएको र व्यक्तिगत पद तथा स्वार्थका लागि मूल एजेन्डाहरूलाई क्रमशः विस्मृत गराइएको बताएकी छन् । 

    images
    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १०:४५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij