Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा कर्णाली अधिवेशन रोक्न सभापतिका उम्मेदवार बस्नेतको उजुरी

रास्वपा कर्णाली अधिवेशन रोक्न सभापतिका उम्मेदवार बस्नेतको उजुरी


  • 1.2K
    Shares

    रास्वपा कर्णाली अधिवेशन रोक्न सभापतिका उम्मेदवार बस्नेतको उजुरी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश अधिवेशन स्थगित गर्न माग गर्दै केन्द्रमा उजुरी परेको छ। सभापतिका उम्मेदवारमध्येका एक नन्दकिशोर बस्नेतले निर्वाचन प्रक्रियामा गम्भीर त्रुटी रहेको भन्दै मतदान रोक्न माग गरेका हुन्।

    सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार बिहानदेखि नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भइसकेको छ। तर, प्रक्रियामा फर्जी मतदाता सहभागी गराइएको दाबी बस्नेतको छ। आइतबारदेखि सुरु भएको अधिवेशन प्रतिनिधि विवादकै कारण समयमा मतदान सुरु हुन सकेको थिएन।

    विवादित ३०० भन्दा बढी प्रतिनिधिलाई कायम राखेरै निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै असन्तुष्टि बढेको हो। उम्मेदवार बस्नेतका अनुसार दर्ता नै नभएका व्यक्तिको नाम अन्तिम नामावलीमा समावेश गरी उम्मेदवार कायम गरिएको र अर्का सभापतिका उम्मेदवार मदन खड्काले नियमविपरीत प्यानल बनाएर सूची बाँडेका कारण निर्वाचन स्थगित गर्नुपर्ने माग गरिएको छ।

    मैले निर्वाचन समिति र सहमहामन्त्री विपिन आचार्यलाई यसबारे जानकारी गराइसकेको र निर्वाचन रोक्न माग गर्दै केन्द्रीय कार्यालयमा इमेलमार्फत उजुरी पठाएको बताएका छन्।

    images
    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १३:१८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij