२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ तोकेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम गरिएको छ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ। सोमबार प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँ कायम भएको हो।
साथै, १० ग्राम चाँदीको मूल्य ४ हजार २७८ रुपैयाँ रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij