२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निवर्तमान महामन्त्री सन्तोषराज जोशीले जानकारी दिएका छन् ।
नवनिर्वाचित सभापति विष्ट यसअघि रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्त समितिका सभापति थिए । सुदूरपश्चिम कार्यसमितिका अन्य पदहरुको निर्वाचन भने आजै दिउँसो २ बजेपछि निर्वाचन हुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij