Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बिप्लबले खोस्यो जेल ब्रेकर उमा भुजेलको सबै जिम्मेवारी

बिप्लबले खोस्यो जेल ब्रेकर उमा भुजेलको सबै जिम्मेवारी


  • 1.4K
    Shares

    बिप्लबले खोस्यो जेल ब्रेकर उमा भुजेलको सबै जिम्मेवारी
    images

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले सचिवालय सदस्य उमा भुजेल (सिलु)लाई कारबाही गरेको छ ।

    आज सोमबार बसेको नेकपा (माओवादी) को सचिवालय बैठकले उनलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

    ‘…सचिवालय सदस्य कमरेड सिलुले केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल हुँदाहुँदै पार्टीका विचार, नीति, निर्णयविरुद्ध निरन्तर विचलनकारी, पलायनवादी गुटबन्दी गर्दै हिडेको, पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्तिविरुद्ध भड्काववादी गतिविधि सञ्चालन गरेकाले उहाँलाई पार्टी केन्द्रीय समितिलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरियो’ विप्लवले जारी गरेको पत्रमा उल्लेख छ ।

    भुजेल सशस्त्र द्वन्द्वको समयमा गोरखा जेल ब्रेक गर्नेमध्येकी एक हुन् ।

    7ac437fe-df85-4dd8-b31f-5f8a6dc79167 (1).jpg

    images
    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १९:३६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij