Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

विश्वप्रकाशको प्रश्न: प्रधानमन्त्रीज्यू, के हामी यस्तै समाजतर्फ जाँदैछौँ ?

विश्वप्रकाशको प्रश्न: प्रधानमन्त्रीज्यू, के हामी यस्तै समाजतर्फ जाँदैछौँ ?


  • 1.1K
    Shares

    विश्वप्रकाशको प्रश्न: प्रधानमन्त्रीज्यू, के हामी यस्तै समाजतर्फ जाँदैछौँ ?
    images

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको अराजक बोली र अभिव्यक्तिमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सुझाव दिएका छन्।

    हालै भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले दिएको विवादास्पद अभिव्यक्तिप्रति लक्षित गर्दै उपसभापति शर्माले भिडियो सन्देशमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। धादिङको सडक अनुगमनका क्रममा मन्त्री लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शर्माले प्रश्न गरेका छन्, “हामी यस्तै समाजतर्फ जाँदैछौँ ? प्रधानमन्त्रीज्यू, यदि जाँदै छैनौँ भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्।”

    उपसभापति शर्माले मन्त्रीहरूको यस्तो शैलीले कानुनी राज्यको खिल्ली उडाउने र समाजलाई अराजकतातर्फ धकेल्ने चेतावनी दिएका छन्। सोही क्रममा उनले चुनावका बेला हालका प्रधानमन्त्री शाह आफैँले पनि भ्रष्टाचारीलाई रुखमा बाँध्नुपर्छु भनी दिएको पुरानो अभिव्यक्तिको स्मरण गराउँदै जिम्मेवार पदमा रहेका व्यक्तिहरू संयमित हुनुपर्नेमा जोड दिएका छन्।

    images
    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १५:५३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij