Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता


  • 1.5K
    Shares

    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सुरु भएको निर्वाचन प्रक्रियामा तीन नेताले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो।

    रास्वपाका एक नेताका अनुसार वर्तमान प्रदेश सभापति मदन खड्का, प्रदेश कोषाध्यक्ष स्नेहा उपाध्याय र नेता नन्दकिशोर बस्नेतले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

    यसअघि सो पदका लागि बलियो दाबेदार मानिएका प्रेम बोहोराको उम्मेदवारी भने दर्ता नभएको ती नेताले जानकारी दिएका छन्। अधिवेशनमा सहमति जुट्न नसकेपछि चुनावी प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गर्न लागिएको हो। उम्मेदवारी दर्ता भएसँगै निर्वाचन समितिले अन्य प्रक्रिया अगाडि बढाएको छ।

    images
    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १४:०५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij