Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा प्रदेश अधिवेशन: बहालवाला सांसदहरू नै पराजित

रास्वपा प्रदेश अधिवेशन: बहालवाला सांसदहरू नै पराजित


  • 1.3K
    Shares

    रास्वपा प्रदेश अधिवेशन: बहालवाला सांसदहरू नै पराजित
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशनमा पार्टीको सर्कुलर विपरीत उम्मेदवारी दिएका बहालवाला सभापति तथा सांसदहरू नै पराजित भएका छन्। सङ्घमा निर्वाचित सांसदहरूलाई तल्लो समितिमा उम्मेदवार बन्न रोक लगाउने गरी पार्टीले सर्कुलर पठाए पनि त्यसलाई मिचेर उनीहरूले उम्मेदवारी दिएका थिए।

    हालसम्म देशका बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व चयन भइसकेको छ। बागमतीमा सांसद लामिछाने २ मतले पराजितलामो रस्साकस्सीका बीच बागमती प्रदेशमा शनिबार राति सम्पन्न निर्वाचनमा वर्तमान सभापति तथा नुवाकोट-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. अच्युतम लामिछाने पराजित भएका छन्।

    हाल प्रदेश प्रवक्ताको जिम्मेवारीमा रहेका मकवानपुरका उत्सव अर्याल ४१६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लामिछानेले ४१४ मत मात्र प्राप्त गरेका छन्। सभापति पदका लागि लामिछाने, अर्यालसहित काभ्रे-२ बाट निर्वाचित सांसद बदन भण्डारी, धादिङका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर खत्रीले उम्मेदवारी दिएका थिए । 

    मतदाता नामावली, नेतृत्व छनोट, मतपत्रमा देखिएको त्रुटिका कारण विवाद उत्पन्न हुँदा अधिवेशन प्रतिनिधिहरू आ-आफ्ना घर फर्किएका थिए । आन्तरिक विवादका कारण निर्वाचन आयोगले अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित गरेको थियो । अन्तिम समयमा अन्य प्रतिस्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि अर्याल र लामिछानेबिच कडा प्रतिस्पर्धा भएको थियो ।

    यसैगरी गण्डकी प्रदेशमा शनिबार भएको निर्वाचनमा बहालवाला सभापति तथा नवलपुरबाट निर्वाचित सांसद राजन गौतम पनि पराजित भएका छन् ।  सभापतिमा निर्वाचित नवीन त्रिपाठी २३४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी गौतमले १८२ मत प्राप्त गरेका छन् ।

    यस्तै लुम्बिनी प्रदेशमा आइतबार बिहान भएको निर्वाचनमा समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाल पराजित भइन् । पहिलो चरणमा भएको निर्वाचनमा कसैले पनि बहुमत प्राप्त नभएपछि दोस्रो चरणमा शालिकराम घिमिरे सर्वसम्मत निर्वाचित भए । पहिलो चरणमा भुसाल सहित डा. राज कुमार सुवेदी, मधुप्रसाद अर्याल, गोपाल घिमिरे र गणेश पौडेलले उम्मेदवारी दिएका थिए । 

    विवादका कारण मधेस प्रदेशमा अधिवेशन स्थगित भएको छ । कर्णाली र सुदूरपश्चिममा आज र भोलि अधिवेशन कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । 

     

    images
    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १३:०८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij