Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

महाधिवेशन अगाडि रास्वपाको मधेस प्रदेश अधिवेशन नहुने, ७ जिल्लाको प्रक्रिया पनि स्थगित

महाधिवेशन अगाडि रास्वपाको मधेस प्रदेश अधिवेशन नहुने, ७ जिल्लाको प्रक्रिया पनि स्थगित


  • 1.1K
    Shares

    महाधिवेशन अगाडि रास्वपाको मधेस प्रदेश अधिवेशन नहुने, ७ जिल्लाको प्रक्रिया पनि स्थगित
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशन अगाडि मधेस प्रदेश अधिवेशन नहुने भएको छ। निर्वाचित सांसदहरूको दबाब र जातीय संकीर्णताका कारण स्थगित भएको यो अधिवेशन महाधिवेशन अगाडि हुने सम्भावना नरहेको निर्वाचन आयोगले स्पष्ट पारेको छ राष्ट्रिय महाधिवेशन अगाडि रास्वपाको मधेस प्रदेश अधिवेशन नहुने भएको हो । 

    यसअघि निर्वाचन आयोगले जेठ २६ गते एक सूचना जारी गर्दै अधिवेशनलाई निष्पक्ष, पारदर्शी र विधिसम्मत बनाउन आवश्यक रहेको भन्दै मधेस अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित गरेको थियो ।  

    आयोगका प्रमुख भुवन केसीका अनुसार राष्ट्रिय महाधिवेशनको मिति नजिकिएका कारण मधेस प्रदेशको अधिवेशन तत्काल गर्न समय अभाव रहेको छ ृआयोगका प्रमुख भुवन केसीले राष्ट्रिय महाधिवेशनको मिति नजिकिएकाले मधेसको अधिवेशन तत्काल हुने सम्भावना नरहेको बताएका छन् । 

    मधेस प्रदेशमा चर्किएको विवाद र दुई पक्षीय झडपका कारण पर्सा बाहेक अन्य ७ जिल्लाको अधिवेशन समेत स्थगित भइसकेको छ ।  यद्यपि, महाधिवेशन अगावै अधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व र निर्वाचन अयोगसँग पहल भइरहेको प्रदेशका महामन्त्री मनिषकुमार साहले बताए ।

    आगामी असार ७, ८ र ९ गते चितवनमा आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेसँगै सांगठनिक तयारीलाई तीव्र पारेको छ। पार्टी स्थापनाको चार वर्ष पूरा भएको अवसरमा हुन लागेको यस महाधिवेशनमा देशभरिबाट २५ सयदेखि ३ हजारसम्म प्रतिनिधिहरू सहभागी हुने निर्वाचन आयोगले जनाएको छ। 

    रास्वपाका पार्टी सदस्यहरूको संख्या पनि गत फागुनको ३ लाखबाट बढेर जेठ मसान्तसम्म ६ लाखको हाराहारीमा पुगेको छ । 

    images
    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १२:०२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij