Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?

एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?


  • 1.7K
    Shares

    एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
    images

    काठमाडौं । नेकपा (एमाले) ले उम्मेदवार छनोट गर्दा मुख्यतयाः सम्बन्धित व्यक्तिको लोकप्रियता, कार्यक्षमता, इमानदारी र सामाजिक स्वीकार्यतालाई प्राथमिक आधार बनाउने भएको छ । ०८४ को प्रदेश र स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मिसन जागरण चलाउन लागेको एमालेले यससम्बन्धी सर्कुलरमा उम्मेदवार छनौटको विषयमा पनि उल्लेख गरेको हो । 

    एमालेले उम्मेदवार हुनका लागि भूगोलको ज्ञान र जनसेवाको इतिहास हुनुपर्ने अनिवार्य सर्त राखेको छ । पार्टीले एउटै व्यक्ति पटक९पटक उम्मेदवारका रूपमा दोहोरिने प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित गर्ने नीति लिएको  छ । 

    उम्मेदवार छनोटका लागि पार्टीले तीन वटा मुख्य विधिहरू कार्यान्वयनमा ल्याउने सर्कुलरमा उल्लेख छ । पहिलो विधिअनुसार तल्लो कमिटीको सिफारिसमा परेका आकाङ्क्षीहरूमध्ये केन्द्रले सबैभन्दा उपयुक्त ठानेको व्यक्तिलाई उम्मेदवार तोक्नेछ । 

    दोस्रो विकल्पका रूपमा, सम्बन्धित तहले सिफारिस गरेका व्यक्तिहरूमध्येबाट व्यावहारिक र रणनीतिक आधारमा कुनै एकलाई उम्मेदवार चयन गरिनेछ । त्यस्तै, तेस्रो विधिका रूपमा सम्बन्धित तहका तोकिएका पार्टी सदस्यहरूको मतदान ९इन्टरनल पोलिङ० बाट प्रत्यक्ष रूपमा उम्मेदवार छनोट गर्ने प्रावधान पनि राखिएको छ ।

    एमालेले नेतृत्वमा ‘अन्तरपुस्ता आबद्धता’ र ‘योजनाबद्ध रूपान्तरण’ को नीतिलाई पनि उम्मेदवार छनोटको आधार बनाएको छ । यसअन्तर्गत पहिलो पुस्ताका पाका नेताहरूलाई मार्गदर्शकको भूमिकामा राखेर दोस्रो र तेस्रो पुस्ताका सक्षम, इमानदार र लोकप्रिय युवाहरूलाई निर्णायक चुनावी मैदानमा उतार्ने पार्टीको योजना छ ।

    पार्टीभित्रको वर्तमान उमेर समूहको तथ्याङ्कलाई हेर्दा ५० वर्ष माथिका नेताहरूको बाहुल्यता रहेको स्वीकार गर्दै एमालेले अबको नेतृत्व र उम्मेदवारीमा ४० वर्ष मुनिका युवाहरूको सङ्ख्या बढाउन विशेष जोड दिएको छ । 

    ‘नो आइडोलोजी, ओन्ली डेलिभरी’ जस्ता पपुलिस्ट नाराहरूले जनमत प्रभावित पार्न खोजेको विश्लेषण गर्दै एमालेले अब सिद्धान्तनिष्ठ र जनमुखी एजेन्डा बोकेका प्रभावशाली व्यक्तिहरूलाई नै निर्वाचनमा टिकट दिने जनाएको छ ।

    images
    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १२:०२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij