२०८३ श्रावण २८ गते बिहिवार
विश्वकप समूह सीको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले हराएको छ।
ड्रिंक्स ब्रेकलग्तै २८औँ मिनेटमा जोन म्याकगिननले गरेको गोल नै स्कटल्यान्डको जितका लागि निर्णायक बनेको हो।
बोस्टन स्टेडियममा आज आइतबार बिहान भएको यो जितसँगै स्कटल्यान्ड ३ अंकसहित समूह सीको शीर्ष स्थानमा उक्लेको छ।
यसअघि सोही समूहका ब्राजिल र मोरक्कोले बराबरी खेलेर १/१ अंक बनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij