२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन्। खेलको पहिलो हाफ रोचक भए पनि दोस्रो हाफमा भने खेल केही सुस्त देखिएको छ।
खेलमा मोरक्कोका लागि साइबारीले २१ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, मोरक्कोको त्यो खुसी धेरै बेर टिक्न पाएन।
ब्राजिलका स्टार विनेसियस जुनियरले ३२ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका हुन् । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । ९० मिनेटको खेल बराबरीमा सकिएको हो ।
यस समूह ‘सी’ मा ब्राजिल र मोरक्कोसँगै स्कटल्यान्ड र हाइटी पनि रहेका छन्। विश्वकै सबैभन्दा सफल टोली ब्राजिलले यसपटक सुखद सुरुवात गर्ने अपेक्षा गरिए पनि बलियो मोरक्कोले उसलाई कडा टक्कर दिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij