२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । जनमत पार्टीले मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको तीन दिनसम्म चलेको बैठकले महाधिवेशनको मिति टुङ्ग्याएको हो ।
आगामी मङ्सिर ८ र ९ गते महाधिवेशन हुने जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताए । महाधिवेशनको मिति तय गरे पनि स्थान तय भएको छैन ।
जनमत पार्टीले बैठकमार्फत फागुन २१ गते भएको चुनावको समीक्षा समेत गरेको छ । चुनावमा जनमत पार्टीले एक सिट पनि जित्न सकेन । जनताले पनि परिवर्तन खोजेको कारण चुनावमा पुराना पार्टीलाई मत नदिएको समीक्षा गरिएको उनले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij