Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिताको तयारी पूरा, १८ टाेलीबिच प्रतिस्पर्धा

नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिताको तयारी पूरा, १८ टाेलीबिच प्रतिस्पर्धा


  • 2.9K
    Shares

    नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिताको तयारी पूरा,  १८ टाेलीबिच प्रतिस्पर्धा
    images

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना ‘नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता-२०८३’मा १८ दोहोरी टोलीबिच प्रतिस्पर्धा हुने भएको छ । प्रतिष्ठानले बिहीबार धापासी स्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै टिम तथा तयारी जानकारी दिएको हो । 

    ऐतिहासिक एवं सांस्कृतिक जिल्ला नुवाकोटको विदुरमा शुक्रबारदेखि (जेठ २९ गते) देखि सुरु हुने प्रतियोगिता तीन दिन चल्ने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको लोक तथा दोहोरी गति प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।

    प्रतियोगितालाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट प्रक्रिया पूरा गरिएको छ । जसअनुसार सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट २-२ समूह, उपत्यका समन्वय समितिका उत्कृष्ट २ समूह र विदेश शाखाका उत्कृष्ट २ समूह गरी कुल १८ उत्कृष्ट टोलीहरूले रनिङ शिल्डका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

    प्रतियोगितामा प्रथम हुने टोलीले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । 

    विधागततर्फ उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिका, अनुशासित गायकरगायिका, र उत्कृष्ट भेषभूषामा प्रस्तुत हुने गायक–गायिकाका लागि समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।

    प्रतियोगिताको भव्य उद्घाटन समारोहमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री माननीय बहादुर सिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । दोस्रो दिन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ र समापन समारोह ९अन्तिम दिन० मा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी प्रतिष्ठानकी अध्यक्ष थापा मगरले जानकारी दिइन् ।

    सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले सम्हालेका छन् भने कार्यक्रम निर्देशकका रूपमा उज्वल जंग ठकुरी रहेका छन् । मञ्च व्यवस्थापनमा रामजी खाँण र अतिथि सत्कारमा राधिका हमाललगायतका कलाकारहरू विभिन्न उपसमितिमा सक्रिय छन् ।

    कार्यक्रमको कुल अनुमानित बजेट ६८ लाख ४० हजार रुपैयाँ रहेको छ । कार्यक्रमको मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय रहेको छ भने संरक्षकका रूपमा विदुर नगरपालिका र टोखा नगरपालिका रहेका छन् ।

     

    images
    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १६:४९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij