२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन्।
कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य एवं सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार नेता देउवाले अमेरिकाबाटै अनलाइनमार्फत आफ्नो सदस्यता अद्यावधिक गराएका हुन्। गत भदौमा भएको जेनजी आन्दोलनलगत्तै अमेरिका प्रस्थान गरेका देउवाले त्यहीँबाट अनलाइन आवेदन दिएका थिए।
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभाका सांसदसमेत रहेका देउवाको एनसीआईडी ४९५३०७ रहेको छ। उनी कैलालीको धनगढी उपमहानगरपालिका-४ बाट कांग्रेसको क्रियाशील सदस्य रहँदै आएका छन्। पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यता नवीकरणको व्यवस्था गरेपछि विदेशमै रहेर पनि उनले आफ्नो सदस्यता सुरक्षित गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij