२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । फिल्म ‘चमेलीको पोइ’ असोज १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै दशैंको उपलक्ष्यमा प्रदर्शनमा आउन लागेको जानकारी दिएको हो ।
पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य, विन्दु आचार्यलगायतको अभिनय रहेको छ ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको ‘चमेलीको पोइ’ को कार्यकारी निर्मातामा उदय बिक्रम राणा, रितु मल्ल ठकुरी र कपील आचार्य छन् । निर्देशक बोहराकै कथा रहेको फिल्म लेखनमा उनलाई शिबम अधिकारीले सघाएका छन् ।
झण्डै दुई दशकपछि चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी यही फिल्मबाट ठूलो पर्दामा कमब्याक गर्न लागेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij