Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

संस्थापनको ७ बुँदे खाका पर्याप्त छैन, हामी भागबन्डा होइन निष्पक्षता चाहन्छौँ: देउवा समूह

संस्थापनको ७ बुँदे खाका पर्याप्त छैन, हामी भागबन्डा होइन निष्पक्षता चाहन्छौँ: देउवा समूह


  • 1.3K
    Shares

    संस्थापनको ७ बुँदे खाका पर्याप्त छैन, हामी भागबन्डा होइन निष्पक्षता चाहन्छौँ: देउवा समूह
    images

    काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र विवाद समाधानका लागि संस्थापन पक्षले अघि सारेको ७ बुँदे सहमतिको खाकाप्रति इतर समूह (शेरबहादुर देउवा समूह) ले असन्तुष्टि जनाएको छ। 

    निवर्तमान प्रवक्ता तथा इतर समूहका नेता डा. प्रकाश शरण महतले संस्थापन पक्षबाट सहमतिको प्रस्ताव आए पनि त्यो पार्टीभित्रको वर्तमान गतिरोध अन्त्य गर्न पर्याप्त नरहेको स्पष्ट पारेका छन्। आज बिहान आफ्नै निवास बाँसबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भने, संस्थापन पक्षले पठाएको ७ बुँदे प्रस्ताव हामीकहाँ आइपुगेको छ, तर त्यसमा केवल भागबन्डाका कुरा मात्र समेटिएका छन्। हामी भागबन्डा होइन, पार्टीभित्र पूर्ण न्याय र निष्पक्षता चाहन्छौँ।

    १५औँ महाधिवेशन स्वच्छ निष्पक्ष र धाँधली रहित रूपमा सम्पन्न गर्नका लागि १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मिलाएर संयन्त्र निर्माण गर्नुपर्ने उनले बताए । त्यो संयन्त्र निर्माण गर्नका लागि संस्थापन पक्ष तयार नरहेकाले आशङ्का उब्जिएको उनको भनाइ छ।

    क्रियाशील सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति, विधान संशोधन समिति दुवै पक्षको सहमतिमा बनाउनुपर्ने उनको भनाइ छ। पार्टीका नेता कार्यकर्ताहरू प्रतिनिधि सभा निर्वाचनको नतिजा र अहिलेको पार्टीभित्रको विवादले गर्दा निराश रहेको भन्दै त्यसलाई चिर्न एकता गर्ने पहल कदमी संस्थापनले लिनुपर्ने उनको भनाइ छ । 

    पार्टीलाई एकताबद्ध राख्ने मुख्य जिम्मेवारी नेतृत्व (संस्थापन) को हो, तर अहिलेसम्म संस्थापन पक्षबाट एकताका लागि कुनै ठोस र इमानदार पहल भएको अनुभूति हामीले गर्न पाएका छैनौँ, डा. महतले भने।

    images
    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - ११:२२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij