Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

दोलखा भीमेश्वर मन्दिर व्यवस्थापन समितिभित्र असन्तुष्टि चुलियो ? एकै दिन तीन सदस्यका अभिव्यक्तिले उठाए प्रश्न

दोलखा भीमेश्वर मन्दिर व्यवस्थापन समितिभित्र असन्तुष्टि चुलियो ? एकै दिन तीन सदस्यका अभिव्यक्तिले उठाए प्रश्न


  • 1.2K
    Shares

    दोलखा भीमेश्वर मन्दिर व्यवस्थापन समितिभित्र असन्तुष्टि चुलियो ? एकै दिन तीन सदस्यका अभिव्यक्तिले उठाए प्रश्न
    images

    काठमाडौं । विश्वप्रसिद्ध दोलखा भीमेश्वर मन्दिर व्यवस्थापन समितिभित्र असन्तुष्टि बढ्दै गएको संकेत देखिएको छ। समितिका सदस्यहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका अभिव्यक्ति र त्यसपछि समितिबाट जारी गरिएको विज्ञप्तिले समितिको आन्तरिक अवस्था र व्यवस्थापन शैलीबारे अनेक प्रश्न खडा गरेको छ।

    सोमबार बिहान समितिका सदस्य बुद्धिबहादुर अचाजुले आफ्नो फेसबुकमार्फत "दोलखा भीमेश्वर मन्दिर व्यवस्थापन समितिको सदस्य पदबाट पनि बिड माडियो। भीमेश्वर भगवानले कल्याण गरून्।" भन्ने स्टाटस सार्वजनिक गरेका थिए। आचार्युको उक्त स्टाटसको कारण भने खुलाइएको छैन।

    यसैबीच समितिका अर्का सदस्य तथा गुठियार पर्शुराम जोशी ले मन्दिर परिसरमा भक्तजनहरूको लाइन देखिने भिडियो सार्वजनिक गर्दै "दोलखा भीमेश्वरमा मलमास भएको कारणले विपरीत दिशाबाट दर्शन गर्नुपर्ने रहेछ" भन्ने स्टाटस लेखेका थिए।

    जोशीको उक्त पोस्ट सार्वजनिक भएको केही समयमै दोलखा भीमेश्वर मन्दिर व्यवस्थापन समितिले आधिकारिक फेसबुक पेजमार्फत विज्ञप्ति जारी गर्दै उक्त भिडियोप्रति ध्यानाकर्षण भएको जनाएको थियो। समितिले विज्ञप्तिमा भक्तजनहरूलाई व्यवस्थित रूपमा दर्शन गराउने प्रयास भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना नगर्न आग्रह गरेको छ।

    यही घटनाक्रम चलिरहेका बेला समितिका अर्का सदस्य तथा गुठियार बासु जोशी ले समेत फेसबुकमार्फत आफूले समितिको सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनले आफ्नो पोस्टमा "उक्त समितिमा बस्नु र नबस्नुको कुनै औचित्य नभएको हुँदा राजीनामा दिएको छु" भन्ने आशय व्यक्त गरेका छन्।

    एकै दिन समितिका दुई सदस्यले पदबाट अलग हुने संकेत दिने अभिव्यक्ति सार्वजनिक गर्नु र अर्का सदस्यको पोस्टमाथि समितिले विज्ञप्ति जारी गर्नुले समितिभित्र गम्भीर असन्तुष्टि र मतभेद रहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

    स्थानीय सरोकारवालाहरूका अनुसार विगत केही वर्षयता समितिका विभिन्न निर्णयहरू विवादमा पर्दै आएका छन्। मन्दिर परिसरभित्र निर्माण गरिएका संरचना, व्यवस्थापनसम्बन्धी निर्णय तथा अन्य गतिविधिहरूलाई लिएर स्थानीयस्तरमा असन्तुष्टि व्यक्त हुँदै आएको छ। कतिपय निर्णयहरू स्थानीय विरोधपछि फिर्ता लिनुपरेको अवस्था समेत सिर्जना भएको बताइन्छ।

    यस्तै, गुठी संस्थानअन्तर्गत गठन गरिएको तदर्थ व्यवस्थापन समितिले लामो समयसम्म अधिवेशन गर्न नसकेको विषय पनि चर्चामा रहेको छ। स्थानीयवासीहरूले समयमै अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न तथा व्यवस्थापनलाई थप पारदर्शी र उत्तरदायी बनाउन माग गर्दै आएका छन्।

    समितिका सदस्यहरूबाट सार्वजनिक भएका पछिल्ला अभिव्यक्तिहरूले विश्वप्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको व्यवस्थापन र समितिभित्रको समन्वयको अवस्थाबारे थप जिज्ञासा र चासो बढाएको छ।

    यद्यपि बुद्धिबहादुर अचाजु, बासु जोशी, पर्शुराम जोशी तथा समितिका पदाधिकारीहरूको विस्तृत धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ। समितिभित्र देखिएको असन्तुष्टि र पछिल्ला घटनाक्रमको वास्तविक कारण के हो भन्ने विषयमा सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

    images
    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १६:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij