Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

५ जनाले मत हालेपछि रोकियो रास्वपा बागमतीको चुनाव

५ जनाले मत हालेपछि रोकियो रास्वपा बागमतीको चुनाव


  • 848
    Shares

    ५ जनाले मत हालेपछि रोकियो रास्वपा बागमतीको चुनाव
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा झमेला भएको छ। मध्यरात १:३० बजेबाट सुरु भएको मतदान विवाद भएपछि स्थगित गरिएको छ ।

    निर्वाचन कार्यक्रम अन्तर्गतको कार्यतालिका अनुसार एक सभापति पदका लागि ४ जना उम्मेदवार कायम रहेको थियो भने ८८ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले मतदाताको नामावली समेत निर्धारण गरी मतदान सुरु गरेको थियो ।

    मतदान सुरु भएको ३० मिनेटमा नै विवाद भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । बुधबार बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरेर निर्वाचन समिति अधिवेशन स्थलबाट बाहिरिएको थियो । मंगलबार रति १:३० बजेदेखि मतदान सुरु भएको र करिब ५ जनाले मतदान गरे पछि स्थगित गरिएको थियो ।

    images
    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १०:५९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij