२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको हो।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली, कांग्रेसकी प्रमुख सचेतक वासना थापा, सचेतक निश्कल राई लगायत सहभागी छन्।
बैठकमा सदनको गतिरोधका विषयमा र समसामयिक राजनीतिबारे छलफल भइरहेको कांग्रेस सचेतक राईले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij