२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जरुरी सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी दिएको हो।
सूचना अनुसार, मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत रूपमा सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने देखिएकाले हाललाई सबै प्रक्रिया रोकिएको हो। आयोगले प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित भएको छ ।
अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगले पछि आधिकारिक जानकारी दिनेछ। आयोगले अर्को निर्देशन नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न पार्टीका सम्पूर्ण सदस्य, प्रतिनिधि, उम्मेदवार तथा प्रदेश र जिल्ला तहका नेता९कार्यकर्ताहरूलाई आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij