Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस सुदूरपश्चिम प्रमुख सचेतक धामीद्वारा राजीनामा, जिम्मेवारी खड्कालाई

कांग्रेस सुदूरपश्चिम प्रमुख सचेतक धामीद्वारा राजीनामा, जिम्मेवारी खड्कालाई


  • 862
    Shares

    कांग्रेस सुदूरपश्चिम प्रमुख सचेतक धामीद्वारा राजीनामा, जिम्मेवारी खड्कालाई
    images

    काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ ।

    नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमल बहादुर शाहले दलको विधान, २०७४ को दफा ११ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (संशोधन सहित)को दफा २६ को उपदफा (२) बमोजिम खड्कालाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

    यसअघि प्रमुख सचेतक विक्रम सिंह धामीले राजीनामा दिएका थिए । धामीको राजीनामा लगत्तै संसदीय दलको नेता शाहले खड्कालाई मनोनीत गरेका हुन् ।

    प्रमुख सचेतकबाट राजीनामा दिएका धामी अब सरकारमा सहभागी हुने चर्चा छ भने प्रमुख सचेतकमा सोमबार मनोनीत खड्का सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा थिइन् ।  

     

    images
    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १७:०६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij