Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाली कांग्रेसको कडा कदम: दीपक खड्कासहित दुई नेतालाई सोधियो स्पष्टीकरण

नेपाली कांग्रेसको कडा कदम: दीपक खड्कासहित दुई नेतालाई सोधियो स्पष्टीकरण


  • 1.1K
    Shares

    नेपाली कांग्रेसको कडा कदम: दीपक खड्कासहित दुई नेतालाई सोधियो स्पष्टीकरण
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले संखुवासभाका दुई नेताहरूलाई प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको छ । 

    समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र पार्टीको संखुवासभा जिल्ला कार्यसमिति सचिव कुमारबाबु अधिकारीलाई ५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिँदै स्पष्टीकरण सोधेको हो । 

    समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् । 

    संखुवासभा कांग्रेस सचिव अधिकारीमाथि पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ । जिल्ला सचिव जस्तो जिम्मेवार पदमा रहेर पनि उनले आफ्ना निकट साथीहरूलाई सूर्य, घण्टी र माटोमा मतदान गर्न प्रेरित गरेको समितिले जनाएको छ।

    समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा ‘नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ३४ बमोजिम अनुशासन उल्लङ्घनको कसुरमा तपाईंलाई सजाय किन नगर्ने रु पत्र प्राप्त गरेको ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नू।’ भन्ने पत्र काटिएको हो। 

    दुवै जनालाई जेठ २० गते स्पष्टीकरण सोधिएको हो ।

    images
    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १६:२३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij