२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राज्य सञ्चालकहरूले मधेसको मत र बल प्रयोग गरेर सरकार बनाउने तर मधेसलाई अधिकार दिन भने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
स्थानीय तहको पूर्ण अधिकार र स्वायत्तताको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आयोजित जनमत पार्टीको विशेष विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा डा. राउतले केन्द्र सरकारले अधिकार आफ्नै मुठ्ठीमा राख्न खोजेको र संघीयताको मर्मविपरीत काम गरिरहेको टिप्पणी गरेका छन्।
‘मत चाहीँ मधेसबाट लिने, सरकार चाहीँ मधेसबाट नै बनाउने तर जहिले पनि अधिकार चाहीँ नदिने षड्यन्त्र हुँदै आएको छ,’ अध्यक्ष राउतले भने, ‘त्यतिमात्रै होइन माओवादी आन्दोलन हुँदा पनि मधेसीहरू ठगिएइको हामीकहाँ प्रमाण छ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij