२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले पुनर्गठन कार्यदलको बैठक बोलाएका छन् ।
कार्यदलको बैठक मङ्गलवार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाएको एमाले सचिव तथा कार्यदल सदस्य छविलाल विश्वकर्माले जानकारी दिएका छन् ।
गत जेठ १० गते सचिवालयको आठौँ बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो । उपाध्यक्ष ‘बादल’ को नेतृत्वको कार्यदल १५ सदस्यीय रहेको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय सीमा भए पनि कार्यदल गठन भएको १५ दिनमा बल्ल पहिलो बैठक बस्न लाग्दैछ ।
कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेस गर्नेछ । कार्यदलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र सादै प्रदेश अध्यक्ष सदस्य रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij