Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सिटिजन्स बैंकको १ खाता १ रुख अभियान अन्तर्गत वृक्षरोपण सम्पन्न

सिटिजन्स बैंकको १ खाता १ रुख अभियान अन्तर्गत वृक्षरोपण सम्पन्न


  • 1.8K
    Shares

    सिटिजन्स बैंकको १ खाता १ रुख अभियान अन्तर्गत वृक्षरोपण सम्पन्न
    images

    काठमाडौं । सिटिजन्स बैंकले १ खाता, १ रुख अभियान अन्तर्गत विश्व वातावरण दिवस २०२६ को अवसरमा वृक्षरोपण सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बुढानीलकण्ठको चौकीडाँडा पर्यटकीय पार्कमा बृहत वृक्षारोपण सम्पन्न गरेको हो ।

    उक्त पार्कमा करिब २५० विभिन्न प्रजातिका विरुवाहरू रोपिएको छ भने देशव्यापी रूपमा अन्य प्रदेशहरूमाः कोशी २०० वटा, मधेश २५० वटा, गण्डकी २०० वटा, लुम्बिनी २०० वटा, कर्णाली २०० वटा र सुदूरपश्चिम २०० वटा गरी कुल १५०० वटा वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।

    यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा कार्यालय – १ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ शिविर सन्चालन एंव समुदायिक विद्यालयमा सहयोगहरु समेत गरिसकेको छ ।  

     

     

    images
    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १५:२७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij