Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेसले मन्त्री हेरफेर गरेसँगै सुदूरपश्चिमका एमाले मन्त्री पनि हेरफेर गर्न दबाब

कांग्रेसले मन्त्री हेरफेर गरेसँगै सुदूरपश्चिमका एमाले मन्त्री पनि हेरफेर गर्न दबाब


  • 960
    Shares

    कांग्रेसले मन्त्री हेरफेर गरेसँगै सुदूरपश्चिमका एमाले मन्त्री पनि हेरफेर गर्न दबाब
    images

    काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले मन्त्री हेरफेरको गृहकार्य अघि बढाएसँगै सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) भित्र पनि आफ्ना मन्त्रीहरू परिवर्तन गर्नुपर्ने बहस र दबाब सुरु भएको छ।कांग्रेस संसदीय दलभित्र लामो समयदेखि देखिएको विवाद समाधान गर्दै मुख्यमन्त्री कमलबहादुर शाह र उनलाई हटाउन सक्रिय दिवानसिंह विष्ट पक्षबिच मन्त्रालय भागबन्डा टुङ्गिसकेको छ।

    अहिले दुवै पक्ष नयाँ मन्त्रीहरूको नाम टुङ्गो लगाउन आन्तरिक छलफलमा व्यस्त छन्। कांग्रेसले सरकार पुनर्गठनको तयारी गरेलगत्तै एमालेका नेता तथा सांसदहरूले पनि आफ्ना मन्त्रीहरू बदल्नुपर्ने माग उठाउन थालेका हुन्।एमालेका एक नेताका अनुसार कांग्रेससँगै सरकार पुनर्गठन गरी नयाँ व्यक्तिहरूलाई जिम्मेवारी दिनुपर्ने मागसहितको सन्देश पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म पुर्‍याइएको छ।

    सुदूरपश्चिम सरकारमा हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री सहभागी छन्। जसमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हिरा सार्की रहेका छन् भने निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारीमा छिन्।

    एमालेभित्र यसअघि पनि संसदीय दलको नेताबाट राजेन्द्र सिंह रावललाई हटाउनुपर्ने माग उठ्दा अध्यक्ष ओलीले सांसदहरूलाई काठमाडौँ बोलाएर विवाद हल गरेका थिए। अहिले मन्त्री हेरफेरका लागि तल्लो तहका नेता तथा सांसदहरूबाट आएको प्रस्तावबारे अध्यक्ष ओलीले आन्तरिक परामर्श गरिरहेको पार्टी स्रोतले जनाएको छ।

    images
    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १५:१०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij