२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजिह अरशदले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
वाजिहले सोमबार जिल्ला सभापतिलाई राजीनामा बुझाउँदै नेतृत्वले पुराना कार्यकर्तालाई विस्थापित गर्न खोजेको गम्भीर आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका हुन् । झन्डै तीन दशक अगाडिबाट कांग्रेसमा सक्रिय वाजिहले जिल्ला नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
अरशदले सभापतिलाई बुझाएको राजीनामा पत्रमा वर्तमान जिल्ला नेतृत्वको पृष्ठभूमि ‘बागी र विद्रोही’ रहेको टिप्पणी गर्दै नेतृत्वले पार्टीका पुराना र इमानदार कार्यकर्ताहरूलाई विस्थापित गरिरहेको आरोप लगाएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij