Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

खाडीबाट आउने श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्न पर्ने, यस्तो छ अन्य यात्रुका लागि तोकिएको मापदण्ड 

खाडीबाट आउने श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्न पर्ने, यस्तो छ अन्य यात्रुका लागि तोकिएको मापदण्ड 


  • 11.9K
    Shares

    खाडीबाट आउने श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्न पर्ने, यस्तो छ अन्य यात्रुका लागि तोकिएको मापदण्ड 

    काठमाण्डौ । खाडीको देश मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ ।

    कोरोना सङ्क्रमण रोकथामका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको हो ।  

    नयाँ मापदण्डमा खाडीका देश र मलेसियामा श्रम गरी स्वदेश फर्कने नेपालीले पाँच दिन होटेल क्वरेण्टीनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वरेण्टीनमा बस्ने गरी सम्बन्धित गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ ।

    आज मंगलबारदेखि सरकारले नेपाली श्रमिकको खाडीको मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट नियमित उडान खोलेको छ । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ नै उडानमा प्रतिबन्ध नै लगाइएको छ ।

    यस्तो छ अन्य यात्रुका लागि तोकिएको मापदण्ड 
    आकस्मिक अवस्थामा बाहेक अन्यलाई १० दिन होटेल क्वरेण्टीन अनिवार्य गरिएको छ । आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु नेपाली तथा विदेशी दुवैलाई अनिवार्य १० दिन होटेल क्वरेण्टीनको प्रावधान अहिले पनि दोहोरिएको छ । नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहोर्नपर्छ । 

    १० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु गन्तव्यमा जान सक्नेछन् ।

     आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि विदेशबाट नेपाल आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिसमा सिधै गन्तव्यमा जान दिइने छ । तर १० दिन होम क्वरेण्टीनमा बस्नपर्छ ।

    सरकारले अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वरेण्टीन नतोकिने भएको छ । नयाँ मापदण्ड अनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वरेण्टीनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो ।

     

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १६:३१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij